धनगढी,५ साउन । पूर्वाञ्चल ल्युव आयल(पिएलओ) प्रा.लि बिराटनगरको सुदूर पश्चिम प्रदेशको अधिकृत बिक्रेता जेपी क्लासिक ईन्टरनेशनल प्रा.लिले बेष्ट डिलर अवार्ड हात पारेको छ । पूर्वाञ्चल ल्युव आयल(पिएलओ) को २५ औं वार्षिकोत्सवको अवसरमा शनिवार बिराटनगरमा आयोजित समारोहमा जेपी क्लासिक ईन्टरनेशनल प्रा.लिलाई बेष्ट डिलर अवार्ड प्रदान गरिएको हो ।
पिएलओका अध्यक्ष तथा प्रबन्ध निर्देशक भोलेश्वर दुलाल, उद्योग वाणिज्य संघ सुन्दरहरैचाका अध्यक्ष नारायण कार्की र उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयश प्याकुरेलले जेपी क्लासिक ईन्टरनेशनल प्रा.लिका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरीशंकर ठाकुरलाई बेष्ट डिलर अवार्ड प्रदान गरे ।
पिएलओले बेष्ट डिलर अवार्डसंगै ५१ हजार रुपैयाको चेक, एक तोलाको सुनको सिक्री र जेपी क्लासिक ईन्टरनेशनलका अध्यक्ष ठाकुर र उनकी पत्नी मधु पाठकलाई चार रात, पाँच दिनको दुबईको भ्रमण प्याकेज पनि प्रदान गरेको छ ।
देशभरीमै उत्कृष्ट कारोबार गरे वाफत पिएलओका तर्फबाट सुदूर पश्चिमको अधिकृत बिक्रेताले पाएको यो पहिलो अवार्ड हो । आर्थिक वर्ष २०८०/८१ मा पिएलओले देशभरीका डिलरहरुमध्ये सबैभन्दा उत्कृष्ट कारोबार गर्ने डिलरहरुमध्ये जेपी क्लासिक ईन्टरनेशनललाई बेष्ट डिलर अवार्ड प्रदान गरिएको पिएलओका प्रबन्ध निर्देशक दुलालले बताए ।
