• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरमा बाढीले ९ सय भन्दा बढी परिवार विस्थापित

महेन्द्रनगर २४ असार/महाकाली लगायत कञ्चनपुरका अन्य विभिन्न नदीनालामा आएको बाढीका कारण करिब ९ सय परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीले डुबान भएपछि विस्थापित हुनेको संख्या अझै बढ्न सक्ने देखिन्छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहानसम्म ८ सय ९१ परिवारका ३ हजार २९३ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

दोधारा चाँदनी, भीमदत्त नगरपालिका, बेदकोट, बेलडाडी, बेलौरी र पुनर्वासमा बाढीका कारण बढी डुबान भएको छ । डुबानमा फसेका २९ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।दोधारा चाँदनी नगरपालिकामा महाकाली नदीको बाढीले जोगबुडाको बाढी थुनिँदा केही बस्ती डुबानमा परेका छन् ।

कुतियाकभर, शान्तिटोल, निशानी टोल, बैदीफाँटा, सुन्दरनगर र कञ्जभोजलगायतका बस्ती डुबानमा परेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले बताए ।‘जोगबुडाको बाढी बस्तीमा पस्ता तीन सय बढी परिवार विस्थापित भएका छन्,’ नगर प्रमुख लिम्बूले भने, ‘बाढी झन् बढिरहेको छ, बस्ती पूरै जलमग्न भएको छ ।’ उनका अनुसार विस्थापित भएकाहरू नजिकैको विद्यालय र आफन्तको घरमा आश्रय लिई बसेका छन् ।

भुजेला खोलाको बाढी बस्तीमा पस्दा भीमदत्त नगरपालिका ११, १२ र १३ का १ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । महाकाली नदीले खोलाको बहाव रोक्दा बाढी बस्तीमा पसेको हो । विस्थापित परिवार वडा कार्यालय र विद्यालयमा बसेका छन् ।जिल्ला सदरमुकाम महेन्द्रनगर बजारसमेत डुबानमा परेको छ । यहाँ पनि सयौं परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

बजार क्षेत्रमा पानीको निकास नहुने र नदी नालाको पानीसमेत बजारमै पसेका कारण डुबान भएको हो । अझै पनि वर्षा नरोकिएका कारण डुबान कम हुन सकेको छैन । बजार क्षेत्रमा खोलानाला मिचेर घर निर्माण गरेका कारण डुबान भएको स्थानीय बताउँछन् ।यसैगरी चौधर नदी बस्तीमा पस्दा बेलडाडी क्षेत्रका पनि विभिन्न क्षेत्रमा डुबान भएको छ । दोदा र मछेली नदीमा आएको बाढीले पनि नदी किनारका बस्ती डुबानमा परेका छन् ।

महाकाली नदीमा पानीको बहाव सोमबार पनि उच्च रहेको छ । प्रहरीका अनुसार सोमबार बिहानको मापनअनुसार महाकालीमा पानीको बहाव २ लाख ५५ हजार क्युसेक पुगेको छ ।कञ्चनपुरमा बाढीको प्रभाव स् ४ सय ६६ घर डुवानमा,एक जना बेपत्ता हुँदा एकको मृत्यु शारदा ब्यारेजको बनवासा पुलमा शनिबारदेखि बन्द गरिएको ठूला चारपांग्रे सवारी साधनको आवागमन तेस्रो दिन पनि बन्द रहेका छन् ।महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघ्नेबितिक्कै जोखिम हुने भन्दै ठूला सवारी साधनको अवागमनमा रोक लगाइने गरेको छ ।

 

सोमबार, असार २५, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.