• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

गरिबीको उच्च चपेटामा सुदूरपश्चिम प्रदेश

धनगढी १७ असार । सुदूरपश्चिम प्रदेश गरिबीको उच्च चपेटामादेखिएको छ । समग्र प्रदेशको कूल जनसङ्ख्याको ३४.१६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको हो । नेपाल राष्ट्र बैंकले आइतबार सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (अर्धवार्षिक प्रतिवेदन) सार्वजनिक गर्दै ३४.१६ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको जनाएको हो । यो नेपालको सातवटा प्रदेशमध्येको उच्च हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले हालैमात्र सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९÷८० को नतिजा अनुसार हाल नेपालको गरिबको दर २०.२७ प्रतिशत रहेको छ । उक्त सर्वेक्षणले वार्षिक ७२ हजार ९ सय ९ रुपैयाँभन्दा कम उपभोग गर्ने व्यक्तिलाई गरिबीको रेखामुनि राखेको छ ।

जस अनुसार हाल सुदूरपश्चिम प्रदेशको कूल जनसङ्ख्याको ३४ प्रतिशत अर्थात् एकतिहाइ जनताले वार्षिक ७२ हजार ९ सय रुपैयाँ बराबरको उपभोग्य वस्तु उपभोग गर्ने सामर्थ्य पनि राख्दैनन् । कर्णाली प्रदेशको गरिबीको दर २६.६९ प्रतिशत रहेको छ । तेस्रोमा लुम्बिनीको २४.३५ प्रतिशत, मधेस प्रदेशको २२.५३ प्रतिशत, कोशी प्रदेश १७.१९ प्रतिशत, बागमती प्रदेश १२.५९ प्रतिशत र गण्डकी प्रदेश जम्मा ११.८८ प्रतिशत रहेको केन्द्रीय कार्यालयले जनाएको छ ।

 

सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक स्थिति
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा ३।८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ भने आधारभूत मूल्यमा ३.५४ प्रतिशतले वृद्धि हुने अनुमान छ । त्यसैगरी, गत आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा र आधारभूत मूल्यमा क्रमशः १.९५ प्रतिशत र २.३१ प्रतिशतले वृद्धि हुने संशोधित अनुमान रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशको हिस्सा ७.१३ प्रतिशत हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा ७.० प्रतिशत रहेको थियो । त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आर्थिक वर्ष २०८०/८१ मा ३.४१ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व.२०७९/८० मा १.५२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।

कृषि
समीक्षा अवधिमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र ४.६८ प्रतिशतले ह्रास आएको छ भने यस्ता बालीको उत्पादन ०.९२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र तेलहनको उत्पादन क्रमशः २८.४१ प्रतिशत र २१.१६४ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, तरकारी उत्पादनमा ६.९० प्रतिशतले वृद्धि भएको छ भने फलफूल तथा मसला उत्पादन ३.१३ प्रतिशतले बढेको छ ।

पशुजन्य उत्पादन अन्तर्गत दूध ८.५२ प्रतिशत, मासु ७.२९ प्रतिशत र अण्डा ४.११ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १०.९५ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ । आ.व.२०७९/८० को असार मसान्तको तुलनामा समीक्षा अवधिमा कुल कृषि कर्जा ८.०७ प्रतिशतले वृद्धि भएको छ ।

उद्योग
समीक्षा अवधिमा प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४९.९८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । औद्योगिक उत्पादनमध्ये समीक्षा अवधिमा रोजिन, चामल, साबुन र इँटाको उत्पादन वृद्धि भएको छ भने गहुँको पीठो, चिनी र तोरीको तेलको उत्पादनमा ह्रास आएको छ ।

समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १७.९४ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा ६.१८ प्रतिशतले घट्न गई रु.२५ अर्ब २२ करोड ९४ लाख पुगेको छ ।

सेवा
समीक्षा अवधिमा पर्यटकस्तरीय होटल तथा लजको सङ्ख्या ४।३५ प्रतिशतले बढ्न गई ४८ पुगेको छ भने होटल शय्याको सङ्ख्या १.०५ प्रतिशतले बढेर १ हजार ६ सय ३५ पुगेको छ । समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेसन सङ्ख्या १९.८६ प्रतिशतले बढेको छ भने रजिस्ट्रेसन राजस्व ३.३५ प्रतिशतले बढेको छ । यस्तै, यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्मको निक्षेप २०८० असार मसान्तको तुलनामा १.९१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ७.२८ प्रतिशतले ह्रास आएको छ । समीक्षा अवधिमा यातायात साधन सङ्ख्या २.७७ प्रतिशतले वृद्धि भई १ लाख ७२ हजार ६ सय २७ पुगेको छ । समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूले कुल कर्जाको ७१.११ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाहित गरेका छन् ।

पूर्वाधार र रोजगारी
समीक्षा अवधिसम्ममा यस प्रदेशका विभिन्न जलविद्युत आयोजनाहरूबाट कुल १७१ मेगावाट विद्युत् उत्पादन भएको छ । समीक्षा अवधिमा यस प्रदेशबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्या १० हजार ३ सय ८९ पुगेको छ जुन राष्ट्रिय सङ्ख्याको तुलनामा ३।०५ प्रतिशत हुन आउँछ । आर्थिक वर्ष २०८०÷८१ फागुन मसान्तसम्म प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सुदूरपश्चिममा औसत रोजगारी दिन ६५.७७ रहेको छ भने जम्मा रोजगारी दिन ४७ हजार ४२२ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

सोमबार, असार १८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.