धनगढी,९ असार । कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले बजेट सार्वजनिक गरेकी हुन् ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ लागि कुल १ अर्ब २२ करोड ३३ लाख ६५ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।