धनगढी २८ जेठ/धनगढीमा युवतीको अश्लील भिडियो बनाउने मोवाइल ग्यालरी सञ्चालक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका १ स्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालकसहित एक जना बालक पक्राउ परेका हुन्।
बनाउन दिएको मोवाइलमा रहेका फोटोहरु इडिट गर्दै अस्लिल भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा दुइजना पक्राउ परेका हुन् । प्रहरीका अनुसार मोबाइल ग्यालरीका सञ्चालक धनगढी उपमहानगरपालिका–१ का ४१ वर्षीय शल्ताज आलम र उनको पसलमा काम गर्ने १३ वर्षीया बालक रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रबहादुर बोहराले उनीहरुले पसलमा मर्मत गर्न दिएको मोबाइलमा मोबाइल धनी युवतीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गरेको पाइएपछि पक्राउ गरिएको बताए।
डिएसपी बोहराकाअनुसार मोबाइलमा युवतीको फोटोमा अश्लिल फोटा जोडेर भिडियो बनाएर फेसबुक आइडीबाट उनैलाई पठाएर ब्ल्याकमेल गरिएको थियो भने युवतीको फेसबुक आइडी समेत प्रयोग गरेर विभिन्न अश्लिल भिडियो हेर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। पीडित युवतीले दिएको जाहेरीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइइरहेको प्रहरीले जनाएको छ।