धनगढी, ३ जेठ/अछामका एक युवकले भारतमा आफ्नै श्रीमतीको योनिमा छेडेर ताला लगाएको घटना बाहिरिएको छ । अहिले ति महिलाको अबस्था गम्भीर भएको छ । महिलाको अबस्था नाजुक भएपछि मात्रै घटना बाहिर आएको हो ।
भारत महाराष्ट्र पिंपरी चिन्चवाडमा बस्ने अछामको ढकारी गाउँपालिकाको वडा नम्बर–१ बाझकोटका उपेन्द्र हुड्केले श्रीमतीको योनि छेडेर ताला लगाएका हुन् ।
विभिन्न आरोप लगाउँदै आक्रोशित बनेका उपेन्द्रले श्रीमतीको गुप्ताङ्गमा ताला लगाएको खुलेको त्यहाँ रहेको नेपालीहरुले बताएका छन् ।घटनाको १५ दिनपछि महिलाको पुरै शरीर सुन्निएपछि अस्पतालमा पुर्याउँदा घटना सार्वजनिक भएको हो ।
उपचारका लागि पुणेको पिंपरी चिन्चवड थेर गाउँ हस्पिटलमा लगिएपनि हष्पिटलले थप उपचारका लागि त्यहाँको अर्को आईसीएम हस्पिटलमा पठाएको छ। घटनापछि श्रीमान फरार रहेको अवस्थामा अखिल भारत नेपाली एकता मञ्च पिञ्परी चिन्चवड नगर समितिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने तयारी गरेको छ ।
