धनगढी, १ जेठ / सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घ सोडारीले विस्वासको मत पाउनेमा आफु ढुक्क रहेको बताएका छन । उनले जेठ ३ गते बस्ने प्रदेश सभाको बैठकमा आफुले विस्वासको मत पाउनेमा ढुक्क रहेको बताए ।
सोडारी एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता समूह र स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले गठबन्धन दलहरुमा कुनै समस्या नरहेकाले आफुले ढुक्क सँग विस्वासको मत पाउने बताए ।
‘गठबन्धन दलभित्र कुनै समस्या छैन । सबै दलहरूसँगको सल्लाह बमोजिम नै जेठ ३ गते प्रदेश सभा बैठक बोलाइएको हो’ उनले भने ‘त्यसैले विश्वासको मत पाउनेमा म ढुक्क छु ।’
यसअघि उनले वैशाख २१ र २२ गते प्रदेश सभाबाट विश्वासको मत लिन चाहेका थिए । तर नेकपा एमालेले आफूसँग कुनै सल्लाह नगरी मुख्यमन्त्री अगाडि बढेको भन्दै यथास्थितिमा विश्वासको मत दिन नसक्ने अडान लिएपछि दुवै पटक प्रदेश सभा बैठक स्थगित भएको थियो । मुख्यमन्त्री भएको २८ दिनपछि उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस