कञ्चनपुर, २५ बैशाख / कञ्चनपुरमा सेफ्टी ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका –३ श्रीपुरमा छिमेकी रमेश रानाको शौचालयको सेफ्टीट्यांकीमा डुवेर डेढ वर्षिय बालक लिवन रानाको मृत्यु भएको हो ।
बालकको शव पोष्टमार्टमका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।