धनगढी, २२ बैशाख/बझाङका ४ जना मज्दुरको भारतको उत्तराखण्डमा डढेलोमा परेर मृत्यु भएको छ । बझाङको छबिसपाथिभेरा गाउपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने उहाँका धर्मपत्नी बसन्ती चलाउने, दिपक पुजारा र तारा देबि पुजाराको मृत्यु भएको हो।
पारिवारिकका अनुसार उत्तराखण्डको पात्ली बगर भन्ने ठाउँको जंगलमा सल्किएको डढेलोमा परेर उनीहरूको मृत्यु भएको जनाएको छ। उनीहरू त्यहाँ खोटो निकाल्ने मजदुरीको काम गर्दै आएका थिए। मजदुरी गरेर परिवार पालिरहेका उनीहरूको निधन भएपछि परिवारमा बिचल्ली भएको छ।