धनगढी २१ बैशाख/कैलालीको धनगढी उपमहानगरपालिकाले शैक्षिक शत्र २०८० को कक्षा ८ को ग्रेड वृद्धि परिक्षाको नतिजा सार्वजनिक गरेको छ । विहिबार सार्वजनिक गरेको ग्रेड वृद्धि परिक्षाको नतिजा अनुसार ४६.७८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
आधारभुत तहको अन्तिम परिक्षाको रुपमा रहेको कक्षा ८ को बार्षिक परीक्षामा दुई विषय सम्ममा अनुत्तीर्ण भएका विद्यार्थीलाई ग्रेड बृद्धिको अवसर दिइएको थियो । ग्रेड वृद्धि परीक्षामा सामुदायिक विद्यालयका ४०.९१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । धनगढीका ४२ सामुदायिक विद्यालयका १२ सय ५ जना विद्यार्थी ग्रेड वृद्धिको परीक्षामा सहभागि भएकोमा ४९३ जना मात्र उत्तिर्ण भएका छन् । भने ७१२ जना विद्यार्थीहरु ग्रेड वृद्धि परिक्षा उत्तिर्ण गर्न असफल भएका छन् ।
संस्थागत विद्यालयबाट ग्रेड वृद्धिको परीक्षामा सहभागि भएका ६८.०७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । ५२ संस्थागत विद्यालयका ३३२ जना विद्यार्थीले परिक्षा दिएकोमा २२६ जना विद्यार्थी उत्तिर्ण भएका छन् । भने १०६ जना अनुर्तिण भएका छन् ।
ग्रेड वृद्धि परिक्षाको नतिजा सार्वजनिक भएसंगै समग्रमा शैक्षिक शत्र २०८० मा धनगढी उपमहानगरपालिकाको कक्षा ८ मा ६३.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।उपमहानगरपालिकाका भित्रका सामुदायिक र संस्थागत गरि १०६ विद्यालयबाट ५ हजार ९३६ जना विद्यार्थीले परिक्षा दिएकोमा ३ हजार ७८९ जना विद्यार्थी उत्तिर्ण भएका छन् ।
शैक्षिक शत्र २०८० मा संस्थागत र सामुदायिक विद्यालयबाट परिक्षा दिएका २ हजार १४७ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।समग्रमा सामुदायिक विद्यालयबाट परिक्षा दिएका ४४.८१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । ४२ सामुदायिक विद्यालयका ३ हजार ५२४ जना विद्यार्थीले परिक्षा दिएकोमा १५ सय ७९ जना मात्र उत्तिर्ण भएका छन् ।
त्यसैगरि समग्रमा संस्थागत विद्यालयबाट परिक्षा दिएका ९१.६३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । धनगढीका ६४ संस्थागत विद्यालयबाट २४ सय १२ जना विद्यार्थीले परिक्षा दिएकोमा २२ सय १० जना उत्तिर्ण भएका छन् ।