धनगढी १२ बैशाख/कैलालीको अत्तरिया बजारमा आगलागी भएको छ । अत्तरिया चौराह नजिकै रहेको गोदावरी कम्प्लेक्समा आगलागी भएको हो ।
आगलागी बाट एउटा पसल पुरै जलेर नष्ट भएको प्रत्यक्षदर्शी ब्यवसायी राजेश बोगटिले बताए । उनका अनुसार कम्प्लेक्सको अगाडि पट्टि रहेको प्रेरणा सपिङ सेन्टर जलेर पुर्ण रुपमा नष्ट भएको हो ।
गोदावरी नगरपालिकाको दमकल, स्थानिय र प्रहरिले आगो नियन्त्रणमा लिएका छन । आगलागिको कारण र आगलागिबाट भएको क्षतिको एकिन बिबरण भने आउन बाकी रहेको छ ।