कञ्चनपुर ६ बैशाख/कञ्चनपुरमा गहुँबालीमा बिहीवार आगलागी भएको छ। जिल्लाको दोधरा चाँदनी नगरपालिका ७ का विरबहादुर सुनार सहित २० जनाको गहुँबालीमा आगलागी भएको हो।
दिउँसो करिब एक बजेतिर आगलागी भएको थियो । अहिले आगलागी नियन्त्रणमा आईसकेको छ । आगलागीबाट करिब आठ विघामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।
विधुतको तार सर्ट हुदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका छन् ।