• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आरजु राणाको असन्तुष्टी ‘समयमै मुआब्जा दिन नसक्दा मुलुकमा विकास र सुशासन कायम भएन’

काठमाडौँ ४ बैशाख/प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा। आरजु राणा देउवाले समयमै मुआब्जा दिन नसक्दा मुलुकमा विकास र सुशासन कायम हुन नसकेको बताएकी छिन् । मंगलबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकमा सांसदहरूले राखेका प्रश्न र जिज्ञासापछि बोल्दै सभापति डा. देउवाले मुआब्जाको विषयमा स्पष्ट हुने विषयमा समिति र मन्त्रीहरूलाई समेत चुनौती रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘मुआब्जा हेर्दा खेरी १० करोडको योजना हुन्छ । यो वर्ष पाँच लाख, अर्को वर्ष पाँच लाख मात्र दिइन्छ । यसरी कसरी विकास हुन्छ रु यसरी कहिले सुशासन हुने र देशको प्रगति हुने ? अहिले मन्त्रालय र समिति र समितिमा आबद्ध हामी सबैलाई चुनौती भनेकै यही हो । बन मन्त्रालयको प्राथमिकतामा मुआब्जाको विषय हो कि होइन ? ऐन संशोधन गर्न मन्त्रालय तयार छ कि छैन रु’

संसदीय समितिमा सांसदहरूले उठाएका जनताका समस्याहरूको समाधान समितिले निकाल्न नसकेको उल्लेख गर्दै उनले दुःख व्यक्त गरिन् ।त्यस्तै, बैठकमा अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले मुआब्जा दिने सन्दर्भमा केही प्रावधानहरू रहेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रको कुनै पनि चिज प्रयोग गर्दा मुआब्जा दिनु जरुरी रहेको बताए ।मुआब्जाका सन्दर्भमा बन मन्त्रालयले केही कानुन र विधि पुरा गरिदिए सरकारको प्राथमिकतामा पर्ने उनको भनाइ छ ।

उनले भने,‘मुआब्जा दिनका लागि केही प्रावधानहरू छन् । यी तपाईँहरूले बनाइदिनु भएको हो । सरकारले कुनै चिज यदि उपभोग गर्छ भने निजी क्षेत्रको मुआब्जा दिनुपर्दछ । तर मुआब्जा दिनका लागि एक दुईवटा कुराहरू एकदमै महत्त्वपूर्ण छन् । सम्बन्धित मन्त्रालयले दुई तीन वटा कुरा पुरा गरिदियो भने मुआब्जा दिने विषय सरकारको प्राथमिकतामा राख्छ । त्यसका लागि जग्गा प्राप्ति ऐन छ । त्यो ऐन बमोजिमको कानुन, विधि सम्बन्धित मन्त्रालयले पूरा गरिदिनुपर्दछ । खास गरी बन मन्त्रालयले यसका लागि काम गर्नुपर्दछ । मुआब्जाका लागि सिलिङ तोकिएको हुन्छ त्यही अनुसार कति वर्षमा मुआब्जा बापत कति पैसा तिर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था बनाउनु पर्दछ ।’

त्यस्तै, अर्थ सचिव पुष्करले बाँदरबाट कृषि क्षेत्रमा भइरहेको नोक्सानी नियन्त्रणका लागि समितिबाटै भारतसँग पहल भएको उल्लेख गर्दै आउँदो आर्थिक वर्ष बाँदर नियन्त्रणको योजनालाई प्राथमिकतामा राखिने आश्वासन दिए ।

मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.