काठमाडौं , ३ वैशाख / एसीसी प्रिमियर लिगमा नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो
सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।