धनगढी, ३ चैत/भारतको पुणे देखी धनगढी आउदै गरेको बस दुर्घटना हुदा ३० जना घाईते भएका छन् । धनगढी आउदै गरेको भारतको नासिक स्थीत माले गाँउमा यात्रुबहाक बस दुर्घटना हुदा ३० जना घाईते भएको बसमा सबार केशब भट्टले जानकारी दिए । उनका अनुसार धनगढीको केदार टुर्स एण्ड ट्राभल्सले बस बुक गररे धनगढी यात्रु ल्याईरहेको भट्टले जानकारी दिएका छन् ।
एक सय १० जना सबार बस ओभर ट्याग गर्दा दुर्घटना भएको बताईएको छ । आईतवार भारतको पुणे देखी आएको बस सोमवार बिहान दुर्घटना भएको हो । अहिले घाईतेको उपचार भैरहेको बताईएको छ । घटनाको बिस्तृत बिवरण आउन बाकी रहेको छ ।
