धनगढी, १ बैशाख/कैलालीको गोदावरी नगरपालिका – ४ को नवनिर्मित भवन वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक औपचरिक कार्यक्रमका बिच नगर प्रमुख बिरेन्द्र भट्टले भवनको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रमै बोल्दै नगरप्रमुख भट्टले भवन निर्माणका क्रममा केही बाधा अड्चन आएपनि स्थानीय, समाजसेवी र राजनीतिक दलका नेताहरुको सहयोग निर्माण गर्न सफल भएको बताए ।उद्घाटन कार्यक्रममा सहभागि उपप्रमुख शारदा रोकायाले नगरमा अव ६ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भईसकेको बताइन् । उनले बाँकि रहेका वडाहरुमा पनि चाडै आफ्नै वडा कार्यालयका भवनहरु बन्ने बताईन् ।
वडा नम्बर ४ को भवन निर्माणका लागि पिके कन्स्ट्रक्सन संग २०८० जेठ ३१ मा सम्झौता भएको थियो । भवन निर्माणका लागि ८७ लाख ४४ हजार ३६७ भ्याट सहितको लागत लागेको वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए । यसअघि वडा कार्यालय भाडाको घरमा संचालनमा रहेको थियो ।