धनगढी, १ चैत/कञ्चनपुरमा डेढ विघा जमिनमा लगाएको गहुँबालिमा आगलागी भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–७ गौरीघाटका खन्जडी भुुलेनी, सिता भुल, धनादेवि भुुलेनी र धना भुलले लगाएको गहुँबालिमा आगलागी भएको हो। उनीहरुले अर्काको जमिन लिएर गहुँखेति गरेका थिए।
बिहीवार चारै जनाले चुट्नको लागि एक ठाउँमा काटेर राखेको गहुँमा आगलागी भएको इलाका प्रहरी कार्यालय रैक्वारले जानकारी दिएको छ। आगलागीबाट करिब ९४ हजार भन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। आगलागी के–कसरी भयो भन्ने खुलेको छैन्। भित्र्याउन लागेको गहुँबाली आगलागीबाट जलेर नष्ट भएपछि किसान मर्कामा परेका छन्।