धनगढी २२ चैत/कैलालीको धनगढीमा रहेको विवेक ईण्डष्ट्रीज प्रा लिको दाना उद्योगमा आगलागी भएको छ। धनगढी–३ बोराडाँडी कान्तिपुर टोलमा रहेको दाना उद्योगमा विद्युत सट भई आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागी नगरप्रहरी र दमकलको टोलीले नियन्त्रमा लिईएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको र यसबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
