धनगढी १६चैत/नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवसका अवसरमा आज ९बिहीबार० धनगढीमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
महासंघ, कैलालीको आयोजनामा भएको फुटसल प्रतियोगितामा नेपाल प्रेस युनियन,कैलाली विजयी भएको छ। एकतर्फी खेलमा प्रेस युनियन, कैलालीले प्रेस चौतारी नेपाल,कैलालीलाई ९-१ गोलअन्तरले पराजित गर्यो ।खेलको पहिलो हाफमा प्रेस युनियन कैलाली टिमले २(० को अग्रता लिएकोमा दोस्रो हाफमा अझ आक्रामक खेल प्रदर्शन गर्दै ७ गोल थपेको थियो । फाइनल खेलमा युनियनका गगन अयडीले ह्याट्रिक ९३ गोल०गरे । उनले खेलको सुरुवातमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यस्तै, युनियनका प्रदीप पाठक, योगेन्द्र नायक र राजेश चौधरीले २र२ गोल गरे । प्रेस चौतारीका तर्फबाट दोस्रो हाफमा एक मात्र सान्वना गोल भानुभक्त आचार्यले गरेका थिए । प्रतियोगितामा नेपाल पत्रकार महासंघ, कैलाली, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र समाजवादी प्रेस संगठन कैलालीको टिम सहभागी रहेका थिए । महासंघको स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हेमकर्ण विक, केन्द्रीय सदस्य भरत शाह, महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वार, प्रेस चौतारीका प्रदेश अध्यक्ष कृष्ण ओली र प्रेस सेन्टरका प्रदेश इन्चार्ज रामसिंह ठगुन्नाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीको अध्यक्षतामा भएको थियो । महासंघका जिल्ला उपाध्यक्ष हरिश विकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य शंकर बोहराले गरेका थिए ।