धनगढी, १६चैत/नेपाल भारत सिमानामा स्रोत नखुलेको दुई लाख भन्दा बढी रकम सहित दुई नेपाली पक्राउ परेका छन् । शुक्रबार नेपाल भारत सिमाना नजिक रहेको भारतको गोबरैला घाटमा चेकजाँचका भारतको एफएसटी टोलीले दुई नेपालीबाट दुई लाखभन्दा बढी नेपाली मुद्रा र १३ हजार भारतीय रुपैयाँ बरामद गरेको भारतीय प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा कैलालीको हसुलियाका बिरमलाल चौधरीबाट ६५ हजार नेपाली र १३ हजार भारतिय रुपैया र फुलबारीका डबलबहादुर रोकायाबाट एक लाख ३५ हजार रुपैया नगद बराद गरिएको बताईएको छ ।
घटनास्थलमा भारतका मजिस्ट्रेट देवेन्द्रकुमार बरिष्ठ उखु विकास निरीक्षकको नेतृत्वमा रहेको एफएसटी टोलीले दुवै नेपाली नागरिकलाई लामो समयसम्म सोधपुछ गरेपछि स्रोत खुलाउन नसेकेपछि उनीहरुलाई पक्राउ गरिएको बताईएको छ । उनीहरुलाई भारतिय कानुन बमोजिम कार्वाहीको लागि अघाडी बढाएको छ ।