धनगढी, १० चैत/नेपाल भारतको सीमा क्षेत्र भारतको मिलनबजार देखि रामुफार्म बसाही जाने सडकमा एक नेपाली १२ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् ।
शनिबार कञ्चनपुरको पुर्नबास ५ टाउनका दिवस थापा पक्राउ परेका हुन् । अहिले नेपाल भारत सिमा क्षेत्रमा बढ्दो लागुऔषध कारोबार रोक्न भारतिय स्थानीय प्रहरीले तिब्र पारेको छ । अहिले सो क्षेत्रमा ब्राउन सुगर जस्ता अवैध लागूऔषध दिनहुँ समातिने गरेको भारतिय प्रहरीले बताएको छ ।
यसै सन्दर्भमा अपराध नियन्त्रण तथा लागुऔषधको उत्पादन, बिक्री वितरण तथा ओसारपसार विरुद्ध सञ्चालित अभियान अन्तर्गत मिलनबजारबाट रामुतर्फ जाने सडकमा नेपाली नागरिक थापालाई भारतिय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका थापालाई भारतिय प्रहरीले एनडिपिएस ऐन अन्तर्गत कानुनी कारबाही अघि बढाइएको बताएको छ ।