धनगढी, ७ चैत/भारतको लोकसभाको निर्वाचन लक्षित नेपाल भारत सिमामा बुधबार दुबैदेशका सुरक्षाकर्मीले संयुक्त गस्ती गरिएको छ । निर्वाचन सुरक्षालाई .मध्यनजर गर्दै ध्यानमा राखी नेपाल सीमामा रहेको मोहना नदी र नेपाल सीमाको ७४४ नम्बर पिलर सम्म संयुक्त गस्ती गरिएको हो ।
नेपालका तर्फबाट सशस्त्र प्रहरी ३४ नम्बर गणका प्रमुख प्रहरी उपरिक्षक डिबी पण्डेयको टोली र भारतका तर्फबाट गौरीफन्टा कोतवालीका इन्चार्ज अवधेशकुमार यादव, प्रहरी बलका वनकटी रेन्जर निर्भयप्रताप शाही, प्लाटुन कमाण्डर भगीरथ र वन बिभागका सुरक्षाकर्मीहरुको संयुक्त टोलीले सिमा क्षेत्रमा अनुगमन गरेको हो ।
भारतका निर्वाचन लक्षित सिमा गस्तीका लागि दुईदेशीय गस्ती गरिएको सशस्त्र प्रहरी ३४ नम्ब गणका प्रमुख प्रहरी उपरिक्षक डिबी पण्डेयले जानकारी दिए । भारतका निर्वाचनमा सम्भावित सुरक्षालाई मध्यनज गर्दै गस्ती गरिएको प्रहरी उपरिक्षक पण्डेयले बताएका छन् ।
नेपाल भारत सिमाबर्ती क्षेत्र विरियाखेडा, सुडा गाउँको समेत गस्ती गरिएको छ । कच्ची सडक र फुटपाथ लगातएका क्षेत्रमा सिमा गस्ती गर्दै भारतीय नागरिकलाई स्वतन्त्र र निर्भय भएर मतदान गर्न प्रोत्साहित गरेको गौरीफन्टा कोतवालीका इन्चार्ज अवधेशकुमार यादवले जानकारी दिएका छन् ।
भारतको निर्वाचनकको सरक्षालाई लक्षित गरी सिमामा अहिले विशेष सतर्कताका लागि दुबै देशका सुरक्षा अधिकारी बिच छलफल समेत भएको थियो ।