भारत (पिलिभित) १७ फागुन/पुनर्वास नगरपालिकाकी उपमेयर तथा नेपाली काँग्रेसकी नेतृ भुलिया रानाले भारत र नेपालको सम्बन्ध सस्कृतिले आझै मजबुद बनाएको बताएकी छन् । नेपाल र भारतबीचको सम्बन्ध प्राचिन कालदेखि सम्बन्ध स्थापित भए संगै अहिले सम्म पनि मजबुद भएको बताएकी छन् । उत्तरप्रदेश भारतको पिलिभितमा भएको भारत नेपाल मैत्री महोत्सवको समापन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
‘भौगोलिक निकटता, सामाजिक तथा धार्मिक र खुला सिमाका कारण सम्बन्ध जोडिएको छ’ उपमेयर रानाले भनिन् –‘परापुर्बकाल देखी नै पारिवारिक, वैवाहिक सम्बन्ध, राजनीतिक र आर्थिक सम्बन्धका नेपाल भारत सम्बन्ध प्रगाढ रहदै आएको छ ।’ आगामी दिनहरुमा पनि यसैगरी सम्बन्ध जोड्न यस्ता दुईदेशीय सास्कृतिक मैत्री महोत्सवले एकशुत्रमा बाध्ने बताएकी छन् । यस्ता कार्यक्रम दुबै देश मिलेर संस्कृतिक परम्परा, रहनसहनको आदानप्रदान गर्नुपर्ने समेत धारण व्यक्त गरेकी छन् । । भारत–नेपाल मैत्री महोत्सव सभ्यता र संस्कृतिको संगम भएको छ उनले भनिन् यसबाट मानिसहरु एकअर्काको सभ्यता र संस्कृतिसँग परिचित समेत भएका छन् ।
‘दुबै देशको सिमाबर्ती क्षेत्रका नागरिकहरु एकअर्का संग पारिवारिक तथा सामजिक सम्बन्ध रहेको छ’ उनले कार्यक्रममा बोल्दै ‘यसलाई पछिल्लो पिढिले पनि यसलाई एकरुपमा जोड्दै लैजानुपर्छ ।’ लोकगीत, नृत्य र प्रदर्शनीले नेपाल र भारतको मित्रता झन् बलियो बनाएको छ ।
बुधबारबाट पिलिभितको गान्धी अडिटोरियममा सुरु भएको भारत–नेपाल मैत्री महोत्सवमा दुवै देशको कला र संस्कृति झल्किएको थियो । दुईदिने महोत्सवको बुधबार डिएम सञ्जयकुमार सिंह, नेपालको कैलाली क्षेत्र नम्बर ५का सांसद डिल्लीराज पन्त, पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया राना र भाजपा जिल्ला अध्यक्ष सञ्जीव प्रताप सिंहले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । संस्कृति तथा पर्यटन विभागको आयोजनामा सात जिल्लामा कार्यक्रम गरी बुधबार पिलिभीतमा महोत्सव सुरु भएको हो । बिहीबार जिल्लामा नै यो महोत्सवको समापन भएको छ ।