• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतबाट दैनिक साढे ५०० मेगावाट बिजुली आयात

काठमाण्डौ, ९ फागुन / नेपाल विद्युत् प्राधिकरणले आन्तरिक आपूर्ति धान्नका लागि भारतबाट दैनिक साढे ५०० मेगावाट बिजुली आयात भइरहेको जानकारी दिएको छ । सुख्खायामा नेपालको उत्पादन खुम्चने भएकाले बिजुली माग धान्नका लागि भारतबाट ५ सय ४५ मेगावाट बिजुली आयात भइरहेको जनाएको हो ।

यति बेला नेपालमा सरदर बिजुलीको माग १३ सय ४४ मेगावाट छ । तर, यो माग धान्नेगरी आन्तरिक उत्पादन भइरहेको छैन । नेपालमा सबैजसो आयोजनाहरू नदी प्रवाहमा आधारित ९आरओआर० छन् । यी आयोजनाबाट वर्षायाममा मात्रै पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ ।

प्राधिकरणका अनुसार १३ सय ४४ मेगावाट माग पूर्ति गर्नका लागि ५४५ मेगावाट बिजुली आयात भइरहेको हो । तथ्यांकअनुसार यति बेला स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट प्रबद्धन आयोजनाबाट ४४९ मेगावाट बिजुली उत्पादन भइरहेको छ । जबकि, निजी क्षेत्रबाट प्रवर्द्धिधत आयोजनाको कूल जडित क्षमता २२ सय मेगावाटभन्दा धेरै छ ।

विद्युत् प्राधिकरणको लगानीबाट सञ्चालित आयोजनाबाट १९८ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यसबाहेक, प्राधिकरणको सहायक कम्पनीहरूबाट ११५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । निजी क्षेत्र, प्राधिकरण र प्राधिकरणको सहायक कम्पनीको कूल उत्पादन जोड्दा ७६२ मेगावाट हुन्छ ।

यसअनुसार बजार मागअनुसारको आपूर्ति मिलाउनका लागि प्राधिकरणलाई थप ५८२ मेगावाट बिजुली चाहिन्छ । यही असन्तुलन मिलाउनका लागि प्राधिकरणले भारतबाट ५४५ मेगावाट बिजुली आयात गरिरहेको हो । तर, १३४४ मेगावाट सरदर माग मात्रै भएको प्राधिकरणले जनाएको छ ।

यति बेला नेपालको उच्च माग बढेर १८४९ मेगावाटसम्म पुगेको छ । यो समयको आपूर्तिका लागि प्राधिकरणले अर्धजलाशययुक्त आयोजनालाई सदुपयोग गरिरहेको छ । प्राधिकरणले उच्च माग आउने समयका लागि भनेर कुलेखानी आयोजना र माथिल्लो तामाकोसीमा पानी जम्मा गर्छ । र, आवश्यकताअनुसार बिजुली उत्पादन गर्दै आइरहेको छ ।

नेपालले वर्षायामको समयमा भारततर्फ अर्बौ रुपैयाँको बिजुली निर्यात गर्दै आइरहेको छ । चालू आर्थिक वर्षको वर्षायाममा नै नेपालबाट साढे १५ अर्ब रुपैयाँभन्दा धेरैको बिुजली भारततर्फ निर्यात भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार चालू वर्षदेखि नेपाल बिजुली व्यापारमा नाफामा रहने छ ।

बुधबार, फागुन ०९, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.