धनगढी, २५ माघ / सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले महोत्सवले स्थानीय कला संस्कृतीको जगेर्ना गरिरहेको बताएका छन्
बिहिवार कैलालीको भजनीमा आयोजित महोत्सवको उद्घाटन गर्दै मन्त्री देउवाले देशभर विभिन्न ठाउँमा आयोजना भईरहेका महोत्सवले कला र संस्कृतिको जगेर्ना संगै आर्थिक क्रियाकलाप बढाईरहेको बताए ।
उनले कला संस्कृति जगेर्ना संगै भजनी क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्द रहेको बताए । अहिलेको युग भनेको विकासको युग रहेकाले जनताले विकास मात्र चाहेको मन्त्री देउवाको भनाई छ ।
बर्तमान प्रदेश सरकार समग्र प्रदेशको विकासका लागि कटिबद्द भएर लागिरहेको बताउँदै मन्त्री देउवाले सबैको सुझाब र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
भजनी नगरपालिकाको खेलमैदानमा आयोजित महोत्सव फागुन ८ गते सम्म संचालन हुने आयोजक भजनी उद्दोग वाणिज्य संघका अध्यक्ष प्रेमराज जोशीले जानकारी दिएका छन् ।
आयोजकले प्रमुख अतिथि एवं भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवालाई भजनी क्षेत्रका विभिन्न ३ सुत्रिय मागहरु समेत पेश गरिएको छ ।