धनगढी, १८ पुस/भारतको केन्द्र सरकारको नयाँ सडक ऐनविरुद्ध सोमबारदेखि चालकहरुको हडतालले यातायात सेवा बन्द भएको छ ।
भारत संग नेपालको सिमान जोडिको उत्तरप्रदेशका यातायात सेवा बन्द हुदा रोजगारीका लागि जाने नेपाली गौरीफन्टा नाकाबाट फर्किएका छन् । आन्दोलनले सीमा नाकाबाट बस आवतजावत बन्द हुँदा नेपालीलाइ नागरिकलाई निकै समस्या भएको छ । त्यसैगरी सिमानाबाट पलियासम्म चल्ने बाइक प्रति सवारी ३ सयदेखि ५ सय रुपैयाँमा पु¥याउने काम सुरु भएको छ । पलियाबाट नुन र तरकारी बोकेका केही ट्रक धनगढी आउन पाएका छैनन् ।
धनगढीको सिमा नाका गौरीफन्टाबाट कयौ नेपाली फर्केका छन् । भारत जानका लागि नेपालका बिभिन्न जिल्लाबाट आएका नेपालीहरु धनगढीमै रोकिएका छन् । निजी बस, ट्रकलगायत साना ठूला सवारी साधनका चालकले सोमबार देखी बन्द गरेपछि यातायात सेवा पुर्ण रुपमा ठप्प भएको छ । ।