बझाङ, १६ मंसिर / ३६ औँ विश्व एड्स दिवस बझाङमा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । स्वास्थ्य कार्यालय बझाङ,जिल्ला अस्पताल बझाङ र बझाङ प्लसको सँयुक्त आयोजनामा ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारा सहित सरोकार वाला निकायबिच अन्तरक्रिया कार्यक्रम गरी मनाइएको हो । स्वास्थ्य कार्यालय बझाङको तथ्याङक अनुसार जिल्लामा हाल सम्म ८९ जना एचआइभि सँक्रमित एआटी उपचारमा रहेका छन् । बझाङमा आर्थिक बर्ष २०७९/८० मा मात्र ६ जना एचआइभी सङ्क्रमितहरु पत्ता लागेका छन् ।
बझाङका १२ हजार ९ सय ६१ जनामा एचआइभि जाच गर्दा ६ जनामा एचआइभी पाजेटीभ देखिएको र ६ जना नै एआटी उपचारमा दर्ता भैसकेको स्वास्थ्य कार्यालय बझाङका ल्याब टेक्निसियन नारायण जोशीले बताउनुभयो । जिल्लामा ३ हजार ५ सय गर्भवतीको समेत एचआइभी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।
एचआइभी सँक्रमीतहरु बढ्रदै गइ रहेको समयमा स्थानीय सरकारले यस तर्फ चासो नदेखाएको सहभागीहरुले गुनासो गरेका छन् । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा महिला देखि अन्य कार्यक्रममा बजेट छुट्रयाउने गरेको भएपनि एचआइभी सँक्रमितहरु प्रती कुनै चासो नदेखाउने गरेको भन्दैे आगामि दिनमा बजेटको व्यबस्था गर्नुपर्ने सरोकारवालाहरुको भनाइ रहेको छ ।