धनगढी, १६ मंसिर / नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली अछामका लागि प्रस्थान गर्दैछ।
प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार शुक्रबार डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियो।
टोली आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने छ। गौतमका अनुसार स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ। उनका अनुसार चौखुट्टे, साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ताहरुसँग भेटघाट हुनेछ। दिउसो मंगलसेनमा आमसभाको तयारी रहेको छ।