काठमाण्डौ, १४ मंसिर / सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै मधेस प्रदेश केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज बिहीवार भएको खेलमा मधेसले एपीएफलाई ११ रनले हरायो ।
मधेसले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रनमात्र बनाउन सक्यो । एपीएफका कप्तान प्रदीप ऐरीले सर्वाधिक ५५ रन बनाए । यस्तै सन्दीप जोराले ५४ र लोकेश बमले ३२ रन जोडे । बलिङतर्फ मधेसका विशाल पटेलले ३ तथा हरिशङ्कर शाह र प्रदिप पासवानले समान २ विकेट लिए ।
यसअघि पोखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनायो । मधेसका अनिल साह र इमरान शेखले अर्धशतक बनाए । अनिल ५७ र इमरान ५० रनमा आउट भए । यस्तै पवन सर्राफले ३३ र रुपेश सिंहले २१ रन जोडे । बलिङतर्फ एपीएफका मौसम ढकालले ३ र अमर रौटेलाले २ विकेट लिए ।
अब मधेसले फाइनलमा भोलि शुक्रवार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बाग्मती प्रदेशलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो ।केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा मधेस प्रदेश
काठमाण्डौ, १४ मंसिर सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै मधेस प्रदेश केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज बिहीवार भएको खेलमा मधेसले एपीएफलाई ११ रनले हरायो ।
मधेसले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रनमात्र बनाउन सक्यो । एपीएफका कप्तान प्रदीप ऐरीले सर्वाधिक ५५ रन बनाए । यस्तै सन्दीप जोराले ५४ र लोकेश बमले ३२ रन जोडे । बलिङतर्फ मधेसका विशाल पटेलले ३ तथा हरिशङ्कर शाह र प्रदिप पासवानले समान २ विकेट लिए ।
यसअघि पोखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनायो । मधेसका अनिल साह र इमरान शेखले अर्धशतक बनाए । अनिल ५७ र इमरान ५० रनमा आउट भए । यस्तै पवन सर्राफले ३३ र रुपेश सिंहले २१ रन जोडे । बलिङतर्फ एपीएफका मौसम ढकालले ३ र अमर रौटेलाले २ विकेट लिए ।
अब मधेसले फाइनलमा भोलि शुक्रवार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बाग्मती प्रदेशलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो ।