धनगढी २८ असाेज/भारतकाे गाैरिफण्टा सडक अवरूद्ध हुदा दशैंका लागि घर फर्कन लागेका नेपालीहरू अल्पत्र परेका छन् ।
गाैरिफण्टा काेतवालीकाे गाडि दुर्घटनामा मृत्यु भएपछि आफ्न्तहरूले शनिबार सडक अवरूद्ध गर्दा अल्पत्र परेका हुन ।
गौरीफंटा कोतवाली पुलिसकाे गाड़ी ले पीआरडी जवान काे मृत्यु भएकाे जनाईएकाे छ ।परिवारले शव सड़कमा रखेर गौरीफंटा सडक जाम गरेका छन ।नेपाल फर्कनेहरू अल्पत्र रहेका छन् ।परिवारले मुद्धा चलाउनुभन्दा मुआवजा माग गरेका छन् ।
गौरीफंटा कोतवाली पुलिस काे गाड़ी ले ३६ वर्षिय पीआरडी जवान रामप्रकाशका छाेरा सरियापुर निवासी राममूर्तिकाे निधन भएकाे थियाे ।