धनगढी, १० असोज / उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रा.लि.मा भारतीय आयकर विभागले छापा मारेको छ । विभागका कर्मचारीले नेपालका सबैभन्दा धनी तथा प्रतिनिधिसभा सदस्य चौधरीले भारतको जयपुरमा सञ्चालन गरेका चौधरी ग्रुप (सीजी) का तीन कम्पनीमा छापा मारेका हुन्
विभागले दौसा र सिकरमा पनि छापा मारेको भारतीय सञ्चारमाध्यम जी न्यूजले जनाएको छ । आयकर विभागलाई प्राप्त सूचनाका आधारमा चौधरीको कम्पनीमा छापा मारिएको जनाइएको छ । उनका भारतमा रहेका अन्य कम्पनी पनि निगरानीमा रहेको जी न्यूजले जनाएको छ ।