बैतडी, १६ भदौ / भदौ ७ गते गौरा नमनाएका सुदूरपश्चिमका विभिन्न जिल्लाका कतिपय ठाउँहरुमा गौराको रौनक शुरु भएको छ । भदौ १८ गते बिरुडापञ्चमीदेखि गौरा शुरु हुने भएकाले गौराको रौनक शुरु भएको सुर्नया ६ का गणेशदत्त अवस्थीले बताए ।
भदौ ७ मा गौरा नमनाएका सुदूरपश्चिमका विभिन्न ठाउँहरुमा भदौ १८ गतदेखि गौरा शुरुवात गर्ने तयारी छ । भदौ १८ गते बिरुडापञ्चमी, भदौ १९ गते नानी गौरा, भदौ २० गते ठूली गौरा अर्थात अमुक्ताभरण सप्तमी र भदौ २१ गते गौराष्टमी अर्थात अठ्यावाली मनाउने तयारी भइरहेको छ ।
यो बर्ष अगस्ती उदयका बिषयमा ज्योतिषहरुबीच विवाद भएपछि दुई गौरा भएका हुन् । भदौ २१ गते अगस्ती उदय भइसक्ने भन्दै अधिकांश ठाउँमा श्रावण शुक्ल पक्षमा नै गौरा मनाइएको छ ।
गौरा मनाउने परम्परा र गौराको तिथी भदौ कृष्ण वा शुक्ल पक्षमा हुने पक्षका ज्योतिषहरुको तर्कका आधारमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी भइरहेको छ । अगस्ती उदयका बिषयमा स्थानीयस्तरको परम्परा हेरेर मात्रै मत राख्नुपर्ने स्थानीय संस्कृतिका जानकार प्रकाश पैंतोलाले बताए ।
।