धनगढी, ९ भाद्र/बझाङको थली नौबिसमा बिर्सती मेला लाग्ने भएको छ । छबिस पाथीभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकाको आयोजनामा उक्त क्षेत्रको मध्ये भागमा अवस्थित बिसौना बजारमा भाद्र १९ गतेदेखि सुरु हुने भएको हो । मेलाको तयारी अहिले तिब्र रुपमा भैरहेको आयोजकले बताएको छ ।
बिर्सती मेलामा बिभिन्न सास्कृतिक कार्यक्रमका साथै भलिबल प्रतियोगीता सञ्चालन हुने भएको मुल आयोजक समितिका अध्यक्ष गजेन्द्रकुमार बुढाले जानकारी दिए ।
चर्चित कार्यक्रम इन्द्रेणी टिमका कलाकारहरूको समेत उपस्थिति रहने बिर्सती मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।मेलामा देउडा, ढाँका नाच, चाभाई, भुवा नाच, खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता, विभिन्न स्थानीय पोसाकमा झाँकीहरूको प्रस्तुति रहने मेला आयोजक समितिका सदस्य सचिव बिष्णु दौल्यालले जानकारी दिए ।
मेलामा खुल्ला महिला, पुरुष भलिबल प्रतियोगितामा समेत हुने भएको छ । जसमा पुरुष भलिबल तर्फ प्रथम हुने टिमले रु.१ लाख २५ हजार ९ सय २० पुरस्कार पाप्त गर्ने भएको छ भने द्धित्तीय पुरस्कार रु. ६५ हजार ९ सय २०, तृतीय पुरस्कार रु. ३० हजार ९ सय २० र सान्त्वना पुरस्कार रु. ९ हजार ९ सय २० रहेको छ । यस्तै महिला तर्फको खेलमा प्रथम पुरस्कार रु. ४१ हजार ९ सय २०, द्धित्तीय पुरस्कार रु. १९ हजार ९ सय २०, तृतीय पुरस्कार रु. ९ हजार ९ सय २०, सान्त्वना पुरस्कार रु. ४ हजार ९ सय २० रहेको छ ।