धनगढी, ६ भाद्र/नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवासमा गौरा भिœयाइएको छ । देउवा पत्नी डा. आरजु राणा देउवाले धनगढी उत्तरबेहडीस्थित आफ्नो निवासमा विधिवत् पूजाअर्चना गर्दै गौराको प्रतिमूर्ति भित्र्याएकी हुन् ।
गौराको पूजा अर्चनाका लागि कांग्रेकी नेतृ तथा प्रतिनिधि सभा सदस्य आरजु केही दिनदेखि धनगढीमै छिन् । उनी गौराको पूजाआजाका लागि धनगढी आएकी थिइन् । धनगढीस्थित देउवा निवासमा विगत पाँच वर्षदेखि नै गौरा भित्र्याइँदै आएको छ ।



