धनगढी,१९ साउन / प्रगतिशील लेखक सङ्घ नेपाल सुदुरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको लोक साहित्यमा प्रगतिशीलता विषयक विचार गोष्ठी सम्पन्न भएको छ।
लोकसाहित्यको बारेमा नव सर्जकलाई जानकारी दिने उद्देश्यले विषयक विचार गोष्ठी आयोजना गरिएको कार्यक्रमकी संयोजक काेपिला शर्माले बताउनुभयो।
नेपाली तथा डोटेली भाषा संस्कृतिमा कलम चलाउने साहित्यकार जनक रसिक , फाल्गुना दाहाल र यज्ञाराज भट्ट लाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको आयोजक समितिका सदस्य प्रेम प्रकाश कलौनीले बताउनु भयो ।
धनगढी वन तथा वातावरण मन्त्रालयको सभाहलमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व यस प्रगतिशील लेखक सङ्घ नेपाल सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष रमेश पन्त ‘मितबन्धु’ ले गर्नुभएको थियो। प्रमुख अतिथिमा सुदू्रपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिंह रावल र विशिष्ट अतिथिमा सुदूरपश्चिम सरकारका राज्यमन्त्री गीता देवी माल आसिन रहनु भएको थियो ।
यस्तै कार्यक्रममा कार्यपत्र परस्तुति , टिप्पणी , स्रष्टा सम्मान र रचना वाचन गरिएका कार्यक्रम संयोजक शर्माले सुदुुरपत्रलाई जानकारी गराउनु भयो ।
