काठमाण्डौ,३१ असा ÷ नेपाल र बङ्लादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ ।
ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका सवा ५ बजे शुरु हुनेछ ।
यसअघि भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गोलको बराबरी खेलेका थिए ।
गएको वर्ष काठमाण्डौमा भएको साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल र बङ्लादेश पहिलो पटक खेलेका हुन् । साफमा नेपाल बङ्लादेशसँग फाइनलमा ३–१ ले पराजित भएको थियो ।