धनगढी, १९ जेठ/धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको सहप्रायोजकको रुपमा स्वस्तिक अस्पताल जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि धनगढीको चटकपुरमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीयालिटी हस्पिटल (स्वस्तिक अस्पताल) ले मुख्य सह–प्रायोजकको रुपमा सहयोग गर्ने भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र स्वस्तिक अस्पतालका अध्यक्ष महेशराज जोशीले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।स्वस्तिक अस्पतालले प्रायोजन गरेसँगै मुख्य सह प्रायोजकको रुपमा अस्पतालाई स्थान दिईनेछ । अवार्डको मुख्य प्रायोजक सुदुरपश्चिमाञ्चल एकेडेमीपछि ईन एसोसिएसन विथ रुपको स्वस्तिक अस्पतालले अवार्डमा स्थान पाउनेछ ।
सह–प्रायोजकको रुपमा स्वस्तिक अस्पताललाई अवार्डमा जोडिने अवसर दिएकोमा अस्पतालका अध्यक्ष महेशराज जोशीले स्वास्थ्य र खेलकुद क्षेत्रसँग एक अर्कासँग जोडिएकोले देशका गहना खेलाडीलाई सम्मान गर्ने कार्यक्रममा हातेमालो गदै अगाडी बढेको बताए ।