धनगढी, १५ जेठ/‘चौथो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । धनगढीमा रहेको निजि क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड रहने भएको छ ।
‘चौथो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को मुख्य प्रायोजन गर्नका लागि नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र सुदुरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रायोजनपछि बोल्दै एसपिएका प्रबन्ध निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुशी लागेको बताउँदै आगामी बर्षमा पनि अवार्डसँग जोडिदै अगाडी बढ्ने जानकारी दिए ।
देशकै सर्वाधिक धनराशीको एसपिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको कलेजले खेलकुद क्षेत्रमा पनि अग्रसर हुदैं आएको छ । बर्षेनी एसपिए महिला मेयर कप पनि आयोजना हुदैं आएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीले अवार्डको तेस्रो संस्करणलाई पनि मुख्य प्रायोजन गरेको थियो । बर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
अवार्डको चौथो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । प्रायोजक तगा प्रबद्र्धकहरुको खोजी गर्दै अवार्डको तयारी अघि बढेको छ । आगामी असार ८ गते धनगढीमा चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्डको आयोजना हुदैंछ ।