काठमाडौं/ बोरुसिया डर्टमण्ड जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति १० खेलाडीमा समेटिएको अग्सबर्गलाई ३-० ले हराएर डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको हो । खेलको ३८ औं मिनेटमा फेलिक्सले रातो कार्ड पाएपछि अग्सबर्ग १० खेलाडीमा समेटिएको थियो ।
५८ औं मिनेटमा सेबास्टियन हालेरले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । खेलको ८४ औं मिनेटमा सेबास्टियनले व्यक्तिगत दोस्रो गोल गर्दा डर्टमण्ड २-० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा जुलियन ब्रान्टले गोल गर्दै डर्टमण्डलाई ३-० को जित दिलाए । जितसँगै डर्टमण्डले ३३ खेलमा ७० अंक जोडेको छ । अग्सबर्ग ३४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।