• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एसियन गेम्समा २८ खेल सहभागी गराउने निर्णय

काठमाडौं/राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठकले आसन्न एसियन गेम्समा २८ खेलमा सहभागी हुने निर्णय गरेको छ ।आईतबार युवा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैठकले आसन्न एसियन गेम्समा २८ खेलका २ सय खेलाडी सहभागी गराउने निर्णय गरेको हो ।

१९ औं एसियन गेम्सको तयारी, सहभागीता लगायतको विषयमा निर्णय गर्न राखेपको बोर्ड बैठक आईतबारका लागि आह्वान गरिएको थियो ।‘बैठकले २८ खेलका २ सय खेलाडी एसियन गेम्समा सहभागी गराउने निर्णय गरेको छ ।’ राखेप सदस्य सचिव टंकलाल घिसिङले भने, ‘सहभागी खेलाडीको विशेष प्रशिक्षण तीन चरणमा सञ्चालन गर्ने र बन्द प्रशिक्षण दुई महिनाको रहने गरि निर्णय भएको छ ।’‘पदकको सम्भावना भएका खेल र खेलाडीलाई बैदेशिक प्रशिक्षणमा समेत पठाउने र कतिपय खेलका विदेशी प्रशिक्षकलाई नेपालमा झिकाएर एसियन गेम्सको तयारी गराउने समेत निर्णय भएको छ ।’ घिसिङले थपे ।

राखेपले यसअघि २३ खेललाई एसियन गेम्समा सहभागी गराउने निर्णय गरेको थियो । तर सम्भावना बोकेका र अन्तराष्ट्रिय नतिजा र प्रर्दशनका आधारमा ५ खेललाई अन्तिम समयमा थप गरिएको थियो ।रग्बी, स्क्वास, टेनिस, इ स्पोर्टस र डान्स स्पोर्टस सहित पाँच खेललाई पछिल्लो समय एसियन गेम्समा सहभागी गराउने सुचिमा राखिएको हो ।

यसअघि राखेपले पदकको सम्भावनाका आधारमा तेक्वान्दो, कराँते र बक्सिङ तथा साग गेम्समा पदक सम्भावनाका आधारमा एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल, फेन्सिङ, ह्याण्डबल, कबड्डी, टेबल टेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट, सुटिङ सहितका २३ खेललाई एसियन गेम्समा सहभागी गराउने निर्णय गरेको थियो ।बैठकले एसियन गेम्सको तयारी र सहभागीताका लागि २९ करोडको बजेट प्रस्तुत गर्दै सो बजेट युवा तथा खेलकुद मन्त्रालयमार्फत सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ ।

यस्तै, बैठकले जिल्ला र क्षेत्रमा कार्यरत परिषद्का कर्मचारीको हकमा अर्को व्यवस्था नभएसम्का लागि नियमावली अनुसार प्रदेश र प्रदेश मातहतका जिल्लामा कामकाज गर्ने गरि खटाउने निर्णय समेत गरेको छ । यसअघि नवौं राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा राखेपले आफु मातहतका सम्पुर्ण कर्मचारीलाई प्रदेश मातहत काम गर्ने गरि व्यवस्था गरेको छ ।

पछिल्लो बोर्ड बैठकले समायोजनको नहुन्जेलसम्मका लागि जिल्लामा कार्यरत कर्मचारीलाई प्रदेश मातहत काम गर्ने गरि खटाउने निर्णय गरेको छ । पछिल्लो निर्णयले कर्मचारी विहिन अवस्थामा रहेका प्रदेश खेलकुद विकास परिषदलाई राहत मिलेको छ ।

सोमबार, जेठ ०८, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.