• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोलकातालाई एक रनले हराउँदै लखनऊ प्लेअफमा

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२३ को ६८ औं खेलमा कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै प्लेअफमा स्थान पक्का गरेको छ । योसँगै लखनऊले तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्ने पक्का हुँदा कोलकाता बाहिरिएको छ ।जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । कोलकातालाई अन्तिम ओभरमा २१ रन चाहिँएको थियो । रिंकु सिंहले अन्तिम तीन बलमा दुई छक्का र एक चौका प्रहार गरेपनि टोलीको झिनो हार टार्न सकेनन् ।

तीव्र गतिका बलर यश ठाकुरले पहिलो बलमा वैभव आरोरालाई एक रन दिए । लगत्तै अर्को बल वाइड फ्याँले । त्यसपछि दुई बल रिंकुलाई डट राखेका थिए । लगत्तै वाइड फ्याँलेका थिए । चौथोमा छक्का, पाँचौं बलमा चौका र अन्तिम बलमा छक्का प्रहार गरेपनि जित भने दिलाउन सकेनन् ।कोलकातालाई अन्तिम १२ बलमा ४१ रन जितको लागि आवश्यक हुँदा रिंकुले सानदार प्रदर्शन गरेका थिए । १९ औं ओभरमा रिंकुले नविन उल हकलाई सुरुवाती तीन बलमा लगातार चौका र पाँचौं बलमा छक्का प्रहार गर्दै अर्को ओभरमा जितको आशा कायमै राखेका थिए ।

सानदार प्रदर्शन गरेका रिंकु ३३ बलमा ६ चौका र ४ छक्कासहित ६७ रनमा नटआउट रहे । ओपनर जेसन रोय २८ बलमा ७ चौका र १ छक्कासहित ४५ रनमा आउट भए । अन्य कुनैपनि कोलकाताका खेलाडीले राम्रो गर्न सकेनन् । वेंकटेश ऐर २५, नितिश राणा ८, रहमानउल्लाह गुरबाज १० र आन्द्रे रसेल ७ रनमा आउट भए ।लखनऊका रवि विश्रोईले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । यश ठाकुरले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्या र कृष्णाप्पा गौतमले समान एक विकेट लिए ।

त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । लखनऊका निकोलस पुरनले ३० बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५८ रनको योगदान दिए । ओपनर क्विन्टन डि कक २८, प्रेरक माकांड २६ र आयुष बदोनी २५ रनमा आउट भए ।एक समय ७३(५ को दयनीय अवस्थामा पुगेको लखनऊलाई छैटौं विकेटका लागि पुरन र बदोनीले ४७ बलमा ७४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कोलकाताका शार्दुल ठाकुर, सुनिल नारायण र वैभव आरोराले समान दुई विकेट लिए ।

गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नई १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रह्यो । लखनऊ १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ तेस्रो स्थानमा छ । चेन्नईको नेटरनरेट ०।६५२ र लखनऊको ०।२८४ छ ।शीर्ष दुईमा गुजरात र चेन्नई हुने पक्का भएको छ । पहिलो क्वालिफायरमा यी दुई टोली भिड्नेछन् । अव बेंगलोर, मुम्बई र राजस्थान मध्य एक टोलीले अन्तिम चारमा स्थान बनाउँदै एलिमिनेटरमा लखनऊसँग खेल्नेछन् ।

आइतबार, जेठ ०७, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.