• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आर्सनलको हारसँगै म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन

एजेन्सी – उपाधि होडमा रहेको लन्डन क्लब आर्सनलले हार बेहोरेसँगै म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ ।सिटी प्रिमियर लिगको तीन खेल बाँकी छँदै लगातार तेस्रो सिजन प्रिमियर लिगको च्याम्पियन बन्न सफल भएको हो । अब दोस्रो स्थानमा रहेको आर्सननले एक खेल मात्रै खेल्न बाँकी छ । यो खेलमा जित हात पारेपनि ४ अंकले अघि रहेको सिटीले बाँकी तीनै खेल गुमाएपनि च्याम्पियन बन्न कुनै असर गर्ने छैन ।

पेप ग्वार्डिओलाको टोलीले पछिल्ला ६ मध्ये पाँचमा उपाधि जितेको छ । सिटीलाई ट्रेबल उपाधि जित्ने मौका पनि छ । सिटी एफए कप र च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेको छ ।सन् १९९८–९९ मा मात्र म्यानचेस्टर युनाइटेडले यो उपलब्धि हासिल गरेको थियो । सिटीले जुन ३ मा वेम्वलीमा डर्वी प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडसँग एफए कपको उपाधिका लागि खेल्दैछ । त्यसको एक सातापछि सिटीले इस्तानबुलमा इन्टर मिलानको सामना गर्नेछ ।

सिटीले आइतबार चेल्सीसँगको खेलपछि प्रिमियर लिगको ट्रफी उचाल्नेछ । कप्तान इल्के गुन्डोगनले लगतार तीन पटक र छ वर्षमा पाँच पटक यो ट्रफी जित्नु अविश्वसनीय रहेको बताएका छन् ।क्लबको इतिहासमा नवौं पटक च्याम्पियन बनेको सिटी ७ अप्रिलसम्म ८ अंकले पछि परेको थियो । तर, त्यसपछि आर्सनलले ८ खेलबाट केवल ९ अंक बटुल्दा यही समयमा सिटीले ७ खेलबाट सबै २१ अंक बटुल्दै उपाधि जित्ने सम्भावना अघि बढाएको थियो ।

प्रिमियर लिगको १० खेल बाँकी रहँदा ६९ अंकसहित शीर्षस्थानमा रहेको आर्सनल भने लगातारको खराव प्रदर्शनसँगै सिटीलाई उपाधि सुम्पन पुग्यो । सन् २०१८–१९ को सिजनमा लिभरपुलले पनि यस्तै नियति भोगेको थियो । अन्तिम समयसम्म पनि उपाधिका लागि लडिरहेको लिभरपुल १ अंकले पछि रहँदै उपविजेतामा सीमित बनेको थियो ।हडर्सफिल्ड टाउन ९१९२४–२६०, आर्सनल ९१९३३–३५०, लिभरपुल ९१९८२–८४० र सर एलेक्स फर्गुसनको नेतृत्वमा दुईपटक १९९९–२००१ र २००७–२००९ पछि सिटी लगातार तेस्रोपटक उपाधि जित्ने पाँचौ टोली बनेको छ ।

पेप गुआर्डिओलाले सन् २००९–११ मा बार्सिलोनासँग ला लिगा र सन् २०१४–१६ मा बायर्न म्युनिखसँग बुन्डेसलिगामा लगातार तीनवटा लिग उपाधि जित्न सफल भएको थियो । उनको यो तेस्रो ह्याट्रिक उपाधि हो ।पछिल्लो सिजन सिटीले प्रिमियर लिगमा प्रभुत्व जमाएको छ । सिटीले ६ मध्ये ५ उपाधि जितेको छ । म्यानचेस्टर युनाइटेडले १९९६ र २००१ को बीचमा यो उपलब्धि हासिल गरेको थियो । यो अवधिमा युनाइटेडले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको ट्रेबल उपाधि जितेका थिए ।

युनाइटेडले सन् १९९३–२००१ को बीच ९ सिजनमा सात उपाधि पनि तथा सन् २००७–२०१३ को सात सिजनमा पाँचवटा उपाधि जितेको थियो । त्यसअघि, लिभरपुलले १९७० को दशकको उत्तरार्ध र ८० को दशकको प्रारम्भमा लिग सफलताको आनन्द उठाएको थियो ।दि सिटी ग्राउन्ड नटिङहममा घरेलु टोलीको जितमा पहिलो हाफमा ताइओ एवोनियीले गरेको गोल नै निर्णायक बन्यो । उनले १९औं मिनेटमा गोल गर्न सफल भएका थिए । यस जितसँगै नटिङहम ३७ खेलबाट ३७ अंक नै जोडेर १६औं स्थानमा छ । आर्सनल ३७ खेलबाट ८१ अंक जोडेर दोस्रो स्थानमा छ ।

अन्य नतिजा
टोटेनहमविरुद्ध ब्रेन्टफर्ड ९१–३०
बर्नमाउथविरुद्ध म्यानचेस्टर युनाइटेड ९०–१०
फुलहमविरुद्ध क्रिस्टल प्यालेस ९२–२०
लिभरपुलविरुद्ध एस्टन भिल्ला ९१–१०
वल्भ्सविरुद्ध एभर्टन ९१–१०

आइतबार, जेठ ०७, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.