काठमाडौं/इंग्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपलाई दुई खेलको प्रतिबन्ध लागेको छ ।इंग्ल्याण्ड फुटबल एसोसिएसनले रेफ्रीविरुद्ध अमर्यादित कमेन्ट गरेको भन्दै क्लोपलाई दुई खेलको प्रतिबन्ध गरेको हो ।
प्रिमियर लिग अन्तर्गत गत अप्रिलमा टोटेनहमसँगको खेलपछि क्लोपले रेफ्री पाउलविरुद्ध बोलेका थिए । प्रतिबन्धसँगै क्लोपले आइतबार एस्टन भिल्लाविरुद्धको खेल गुमाउने छन् । त्यसपछि साउथह्याम्पटनविरुद्धको खेल गुमाउने छन् । क्लोपलाई ७५ हजार पाउण्ड जरिवाना समेत गरिएको छ ।