काठमाण्डौ/तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको फिल्म सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन् ।
फिल्ममा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व।जयनन्द लामा लगायतका कलाकारको अभिनय छ ।
केही अगाडि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको फिल्मको आइटम डान्स ‘मायाको रेडियो’लेदर्शकको मन जितिसकेको छ । पोखरामा रहेको पर्यटकिय स्थल हेम्जाकोटमा खिचिएको फिल्मले स्थानिय स्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास छ । मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादनमा रहेको फिल्म दिर्घ गुरुङले छायांकन गरेका हुन् । फिल्म सुनिल मानन्धरले वितरण गर्दैछन् ।