धनगढी/डेउडा प्रतिष्ठान केन्द्रीय समितिले स्थापना गरेको कलाकार कल्याणकारी कोषमा संस्थाका वरिष्ठ उपाध्यक्ष सुरत रावत डोटेली कान्छाले आफ्नी छोरीको जन्मदिनमा कोषलाई अर्थिक सहयोग गरेका छन्।
रावतले आफ्नी कान्छी छोरी डिना रावतको जन्म दिनको अवसरमा ७ हजार १ सय ११ रुपैयाँ संस्थाका अध्यक्ष दलबहादुर बोगटी र कोषाध्यक्ष प्रेमबिबश चन्द लाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गर्दै वरिष्ठ उपाध्यक्ष रावलले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा कलाकारको साझा संस्था डेउडा प्रतिष्ठानले थालेको यो अभियानमा छोरीको जन्म दिनलाई बिशेष दिनको रूपमा आफुले संस्थालाई रकम हस्तान्तरण गरेको बताए।
भाषा , कला,संस्कृतिको संरक्षण संगै कलाकारहरुको साझा एवं अभिभावकत्व गर्ने संस्थाको रुपमा स्थापित डेउडा प्रतिष्ठान केन्द्रीय समितीले स्थापना गरेको कलाकार कल्याणकारी कोषले कलाकारहरुलाई गाह्रो अफ्ट्यारो पर्दा साहारा बन्ने बिश्वास रहेको संस्थाका अध्यक्ष दलबहादुर बोगटीले बताए।कलाकार कल्याणकारी कोष स्थापनाले कलाकारहरुमा खुसी र उमंग थपिएको संस्थाका कोषाध्यक्ष प्रेमबिबश चन्दले भने।