धनगढी/सुदूरपश्चिमकै इतिहासमा पहिलो पटक सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्ड एक विशेष समारोहका बीच सम्पन्न भएको छ । सुदूरपश्चिमको धनगढीमा रहेको सुप ईन्टरटेन्मेन्ट हाउस प्रा.लि.को आयोजनामा यहीँ बैशाख ८ गते,दि धनगढी थ्री डि आर्ट एण्ड म्युजियम उत्तरबेहेडी -५ धनगढी कैलालीमा समारोह रहेको थियो ।
सुदूरपश्चिमका मौलिक लोक गीत,संगीत,शृजना,कला र रङ्गमंचको प्रतिनिधित्व गर्दै आउनु भएका सुदूरपश्चिम एवं देश बिदेशमा यिनै प्रकृतिमा समर्पित विभिन्न बिधागत कलाकारहरुको पहिचान एवं व्यवसायिकतामा समर्पित रहुनका साथै अग्रजहरुको संमान,मर्यादा र नव कलाकारहरुको प्रेरणा एवं प्रोत्साहनका निम्ति कार्यक्रमको आयोजन गरिएको हो। वि.स.२०७९ फागुन बाट मनोनयन आवेदन फारम भरेका सुदूरपश्चिम भरिका सयौं संख्यामा कलाकारहरुले फारम भरेका थिए।
जस मध्येबाट सुदूरपश्चिमका अग्रज र विज्ञ निर्णायकहरुको सल्लाह प्रतियोगीहरुको बिधागत मुल्यांकन बाट एउटा बिधा बाट ५ जना समाबेश हुने गरेर २४ वटा बिधामा उत्कृष्ट ५ मनोनयन छनौट चैत्र २ गते लोटस क्याफे हसनपुर धनगढीमा सम्पन्न गरिएको थियो । उक्त उत्कृष्ट ५ मनोनयनहरु बाट अन्लाईन भोटिङ र एसएमएस भोटिङका आधारमा तथा जुरि निर्णायकहरुको छनौटका आधारमा २४ वटै फरक फरक बिधा बाट करिब ३९ जना कलाकारहरुलाई उत्कृष्ट बिधागत अवार्ड बाफत मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त समारोहको अवसर पारी सुदूरपश्चिमका विभिन्न फरक बिधा बाट कलाकारिता क्षेत्रलाई प्रतिनिधित्व गर्दै आउनु भएका श्रष्टा,सर्जक,निर्देशक, संगीत संयोजक,गायकहरुलाई संमान गरिएको थियो । जसमा लाईफ टाईम एचिभमेन्ट संमान वरिष्ठ लोक गायक अन्तराम विष्ट,कला संमान संगीत संयोजक गायक किशोर कुमार भण्डारी र शेर बहादुर बोहरा आदि लगायतका थुप्रै बिधामा संमान गरिएको थियो ।
सुप ईन्टरटेन्मेन्ट हाउस प्रा।लि।का अध्यक्ष सुन्दर चन्द९अनुप०ज्यु को सभापतित्त्व,सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख माननीय देवराज जोशीज्युको प्रमुख आतिथ्यता एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय चक्र मल्लज्यु र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति आदरणीय डा।टी एन जोशीज्युको विशिष्ट आतिथ्यतामा सभ्य,भब्य रुपमा एक ऐतिहासिक समारोह सम्पन्न गरिएको थियो ।उक्त कार्यक्रमको कार्यक्रम संयोजकको रुपमा निर्देशक बिरेन्द्र सिंह धामी हुनुहुन्थ्यो भने कार्यक्रम उद्घोषण उद्घोषक प्रेम विवश चन्दले गरेको संस्थाकि सचिव कृष्णा सिराडिले जानकारी दिईन ।