• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पुनर्वासमा जग्गा नापजाँच प्रक्रिया सुरु, ८ हजार बढिले पाउनेछन लालपुर्जा

किशोर तमाङ/पुनर्वास– कंचनपुरको पुनर्वास नगरपालिकामा भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि जग्गा नापजाँच प्रक्रियाको शुभारम्भ गरिएको छ ।एक औपचारिक कार्यक्रमका बीच पुनर्वास नगरपालिका वडा नम्बर ९ बाट जग्गा नापजाँच प्रक्रियाको शुभारम्भ गरिएको हो ।

पुनर्वासमा २०२८ सालदेखि बसोबास गरी जग्गाको लालपुर्जा नपाएका स्थानीयहरुका लागि जग्गाको मालिक बनाउन नगरपालिका चालेको कदम प्रति पुनर्वासीले खुशी व्यक्त गरेका छन् । कार्यक्रममा नगर प्रमुख तोयप्रसाद शर्माले निर्वाचित पछि निरन्तर सुकुम्बासी समस्या समाधानका लागि लाग्दा लाग्दै १० महिना पार भएको सुनाउनुभयो ।

“लालपुर्जा दिन पहल गरे राष्ट्रिय आवास कम्पनीले हामीलाई मुद्दा हाल्ने कुरा समेत गरेको छ । तर म मुद्धासँग डराउने छैन ।” उहाँले भन्नुभयो, “मैले मात्रै हैन ,सुकुम्बासी समस्या समाधानका विषयमा सबै राजनीतिक दलका उम्मेदवारहरुले चुनावी एजेन्डा बनाएकै हुन् ।”  राष्ट्रिय आवास कम्पनीले कालिका र बाईसेबिचुवालाई वितरण गर्न मिल्ने अहिले नमिल्ने भन्ने हुँदैन । तपाईहरु नडराउनुस , यतिबेला चुनौती र अवसर दुबै छ ।हामीलाई साथ दिनुस, सम्भव छ । नभए म एक्लैले केहि गर्न नसक्ने उहाँले बताउनुभयो । त्यस्तै भुमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले अहिलेको चरणमा संस्थालाई नभई व्यक्तिलाई मात्रै जमिन दिन मिल्ने बताउनुभयो ।

भुमिहिन दलित र भुमिहिन सुकुम्बासी भनि भरिएका ५० प्रतिशत फारम रद्द हुने अवस्थामा रहेको र २०७६ माघ २८ सम्म आवादी गरेको १० वर्ष पुरा भएकोलाई मात्रै जग्गा उपलब्ध गराउने उहाँको भनाई छ । ८ देखि २ सय प्रतिशत सम्म राजश्व लाग्ने र तिन वर्ष सम्म तीन किस्तामा उपलब्ध गराउने अघिल्लो भुमि आयोगका अध्यक्षले निर्णय गरेको भएपनि अहिले राजश्व कम गराउने विषयमा माईन्यूट भएको तर मन्त्रीमण्डल गठन नहुँदा निर्णय नआएको जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा पूर्व मेयर जिवनराज थापाले अहिलेको गठबन्धन सरकार यथावत हुँदा सुकुम्बासी समस्या समाधान हुन सक्ने सम्भावना बढि रहेको बताउनुभयो ।आफु २०७४ को स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा सुकुम्वासी समस्या समाधान स्थानीय सरकारले गर्न सक्ने ऐनमा उल्लेख भएपनि पछि ऐन परिवर्तन हुँदा संघिय सरकार अन्तर्गत तोकिएका कारण स्थानीय सरकारलाई अधिकार नहुदा र सरकार स्थिर नहुदा सुकुम्बासी समस्या समाधान हुन नसकेका धारण व्यक्त गर्नुभएको थियो ।
सो नगरपालिका भरीमै ८ हजार बढि फारम भरिएको नगरपालिकाका योजना अधिकृत तथा फोकल पर्शन शंकर बोगटीले जानकारी दिनुभयो । हल पुनर्वास नगरपालिकामा राष्ट्रिय आवास कम्पनीको नाममा १सय २७ बिघा जमिन पुर्जा भएको र ७ सय १९ बिघा जमिन फिल्ड बुकमा रहेको छ ।

बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.