धनगढी, १६ फागुन/सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता वाईवाई एसईई आईडलको मंगलबार हसुलियामा एघारौँ अडिसन सम्पन्न भएको छ। २०७९ पुसमा सुरु भएको यस कार्यक्रमका अडिसनहरु २०८० जेष्ठ सम्म सुपका ९ वटै जिल्लामा आयोजना हुनेछन् भने २०८० असार २ गते फाईनल धनगढीमा सम्पन्न हुनेछ ।
सुदूर पश्चिमका कुना काप्चामा लुकेर रहेका नृत्य र गायन प्रतिभा उजागर गर्ने उद्देश्यले प्रभात मिडिया एण्ड ईभेन्ट प्रालिले आयोजना गरिरहेको प्रतियोगिताका २५ अडिसनमा सहभागी नृत्यहरु मध्ये उत्कृष्ट २० र गायन प्रस्तुती मध्ये उत्कृष्ट १० प्रस्तुतीलाई मात्र फाईनलमा समावेश गरिनेछ ।
नृत्य तर्फको विजेता र उप विजेताले नगद पुरस्कार ५० हजार र २५ हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर पुरुस्कार पाउनेछन् । गायन तर्फको विजेता र उपविजेताले नगद पुरस्कार क्रमश २० हजार र १० हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर हात पार्नेछन् । साथै दुवै विधाका विजेता र उपविजेताहरुले कक्षा ११ मा छात्रवृत्ति पनि पाउनेछन् । बुधबार धनगढीको थ्रि स्टार माविमा बाह्रै अडिसन हुन गईरहेको छ ।
