धनगढी/फागृुन १५ गते देखी सुदूरपश्चिम प्रदेशका मुख्य बजारहरु बिहान ११ बजेसम्म बन्द भएका छन् । बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशका मुख्य बजारहरु बिहान ११ बजेसम्म बन्द गरेका थिए ।
सोमबार बिहान ९ बजे देखी धनगढी चौराहाबाट आन्दोलन सुरु गरी बजार परिक्रमा गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिएका हुन । यस्तै २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायतकाआन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।