धनगढी, ३ फागुन/सुदूरपश्चिममा भारतीय रुपैयाँको कारोबार बन्द भएको छ । पाँच सय र दुई हजारको नोट बन्द हुने तथा भारतीय मुद्राको मुल्य घटेको हल्लाले सुदूरपश्चिममा भारतिय रुपैयाँको कारोवार बन्द भएको हो ।
व्यापारीहरुले भारतीय रुपैयाँ नलिदा ग्राहकहरुलाई सास्ती हुन थालेको छ । सुदूरपश्चिमका ठुला व्यापारीक केन्द्र तथा सबै जसो जिल्लाहरुमा अहिले भारतीय रुपैयाँको कारोबार हुदैन ।ठुला व्यापारीहरुले भारतीय रुपैयाँ नलिने भएकाले आफुहरुले नलिने गरेको धनगढीको बसपार्कमा व्यापार गर्दै आएकी मनिशा सिंहले बताईन् । उनले आफु एक सय बराबरको नोटमा कारोबार गरिरहेको बताईन् ।
यस्तै ठुला व्यापारी तथा वित्तिय सहकारी सस्थाहरुले भारतीय रुपैयाँ नलिने र नलिन भनेको हुदा आफुले भारतिय रुपैयाँ नलिएको अर्का व्यापारी लोक बहादुर खत्रीले बताए ।सुदूरपश्चिमका धेरैजसो युवाहरु रोजगारीको लागी भारत गएका छन् । भारतीय रुपैयाँको कारोवार बन्द भएपछि स्थानिय समस्यामा परेकाछन् ।
सुदूरपश्चिमका पहाडि जिल्लामा भारतिय रुपैयाँको कारोवार बन्द हुदा व्यापारीले भने मौकाको फाईदा लिने गरेको पाईन्छ । पसलमा सामान किनमेल गर्दा पाँच सय भारतिय रुपैयाँको करिव ३र४ सय बराबरको सामान किने मात्र आफुले भारतीय रुपैयाँ,लिने गरेको डोटीको केआई सिंह गाउपालीका वडा नं. ४ वायलका व्यापारी हर्क रावलले बताए । सुरुमा त रुपैयाँ लिन मान्दैनन् लिहाल्यो भने पनि एक सय भारतिय रुपैयाको एक सय ५० मा कारोवार हुने गरेको अछामको बान्नीगडी जैगड गाउपालीका ६ दर्नाका स्थानिय गणेश थापाले बताए । उनले अछाममा पाँच सय भारतीय रुपैयाँ सटहि गर्दा ७ सय मात्र दिने गरेको बताए ।धनगढीको थुप्रै नास्ता पसल तथा किराना पसलमा व्यावसायीले सुचना समेत टासेको पाईन्छ । पसलको भित्ता तथा ढोकामा लेखिएका छन् ‘हाम्रो यहा भारु रुपैया लिईने छैन’ भनेर । भारतिय रुपैयाँ बन्द हुने तथा मुद्राको मुल्य घटेको भनेर सुदूरपश्चिममा गलत हल्ला फैलीएको राष्ट्रबैंक धनगढीका प्रमुख लेखकले बताए ।
यस विषयमा कैलालीको भन्सार,गड्डा चौकी कञ्चनपुरमा अनुगमन टोली खटाईएको बैंकका प्रमुख विनोद लेखकले बताए । उनले सामाजमा भारती मुद्राको मुल्य घटेको भन्ने गलत हल्ला फैलीएको बताए । उनले अहिले पनि एक सय भारतीय रुपैयाँको १ सय ६० हुने बताए । नेपालमा एक सय सम्मको नोट मात्र चलनचल्ती योग्य भएको उनले बताए । नेपालमा कानुनि रुपमा भारतीय पाँच सय र दुई हजारको नोटको बैंकिङ कारोबार गर्न नमिल्ल्ने उनले बताए । बैंकका प्रमुख लेखका अनुसार उक्त नोट कानुनी रुपमा चलाउन मिल्दैन ।
व्यापारीहरुले भने पाँच सय र दुई हजारको कारोबार गरीरहेका थिए । उनका अनुसार हाल बजारमा भारतीय रुपैयाँको माग कम भएको छ । बैंकमा एक सयका दरको बेच्न नआएको र अघिल्लो माघ महिना देखी भारतीय रुपैयाँको माग घटेको उनले भनाई छ ।